भजनी, कैलाली असोज २७ यज्ञ राज जैसी

कैलालीको भजनीमा जिल्ला प्रशासन कार्यालय कैलाली र जिल्ला प्रहरी कार्यालय कैलालीको संयुक्त आयोजनामा सोमबार भजनी १ स्थित प्राथमिक स्वास्थ्य केन्द्रको सभाहलमा “नागरिक सुनुवाइ कार्यक्रम” सम्पन्न भएको छ।

———————————————————–

कार्यक्रमका सभाध्यक्ष कैलालीका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साल रहनु भएको थियो भने प्रमुख अतिथि भजनी नगरपालिकाका नगर प्रमुख केबल चौधरी रहनु भएको थियो।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र चन्द, सशस्त्र प्रहरी बल नेपाल ३४ नं. गण धनगढीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक सुरेन्द्र राज रन्जित, इलाका प्रशासन कार्यालय टिकापुरका प्रमुख उप–सचिव कृष्ण थापा, कैलाली जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिव राज जोशी, विभिन्न सरकारी तथा गैर-सरकारी कार्यालयका प्रतिनिधि, पत्रकार, बुद्धिजीवी, महिला, समाजसेवी,विद्यार्थी, व्यापारी तथा स्थानीयवासीहरुको सहभागिता रहेको थियो। 
सहभागीहरूले सिमानाबाट हुने भन्सार छली, चोरी, निकासी-पैठारी नियन्त्रण, शान्ति-सुरक्षा र सेवा प्रवाह सम्बन्धी विषयमा सुझाव र प्रश्नहरू राखेका थिए। 

कैलाली जिल्ला प्रशासन कार्यालय सुचना अधिकारी शिव राज जोशिले उक्त कार्यक्रम सन्चालन गरेका थिय । तस्बिर:
छलफल तथा अन्तरक्रियामार्फत उठेका विषयमा सम्बन्धित निकायका प्रमुखहरूले जवाफ र प्रतिबद्धता व्यक्त गरेका थिए।
उक्त कार्यक्रमको सन्चालन कैलाली जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिव राज जोशीले गरेका थिए ।






