
भजनी नगरपालिका–४ खैलाडमा बिहिवार दिउँसो बा १७ च ५९६ नम्बरको कारले पैदल यात्री ४५ वर्षीय फूलबासनी चौधरी र ५० वर्षीया आसिया चौधरीलाई ठक्कर दिएको थियो। फूलबासनीको बिहिवार साँझ सेती प्रादेशिक अस्पताल, धनगढीमा उपचारका क्रममा मृत्यु भएको हो। असिया चौधरीको उपचार जारी रहेको प्रहरीले बताएको छ।
नेपाल प्रहरीले कार र कारका चालक लम्की–चुहा नगरपालिका–२ २९ वर्षीय सुनील डाँगीलाई नियन्त्रणमा लिएको छ। प्रहरीले घटनाको विषयमा आवश्यक अनुसन्धान जारी रहेको बताएको छ।






