भजनी: बान्नीगढी जयगढ गाउँपालिकाले दरबन्दी बाहेकका करार कर्मचारी हटाउने निर्णय गरेको छ। गाउँपालिकाको कार्यपालिका बैठकले दरबन्दी बाहेकका कर्मचारीहरूको करार सम्झौता नवीकरण नगर्ने निर्णय गरेको हो।
यो निर्णयअनुसार गाउँपालिका र मातहत कार्यालयमा कार्यरत ५० जना कर्मचारी हटाइएका छन्। करार अवधि समाप्त भएसँगै करार नवीकरण तथा सेवा निरन्तरताको प्रक्रिया प्रदेश सरकार, संघीय सरकार र सम्बन्धित मन्त्रालयहरूको निर्णय, परिपत्र तथा पत्राचारलाई आधार मानिएको छ ।


दरबन्दी बाहेकका करार कर्मचारीलाई मंसीर १ गतेदेखि लागू हुने गरी हटाइएको व्यहोरा सूचित गर्दै कार्यालयमा हाजिर नहुन समेत निर्देशन दिइएको छ।





