यज्ञराज जैसी भजनी:

भजनी नगरपालिका–४ का स्वर्गीय टीकाराम जैशीका तीनजना छोराछोरीको आगामी शैक्षिक भविश्य अब समुदायमै रहेका दुई स्थानीय विद्यालय सञ्चालकले सम्हाल्ने भएका छन्। केहीदिनअघि ज्यान गुमाएका जैशीको परिवार आर्थिक अभावमा परेको जानकारीपछि विद्यालय सञ्चालकहरूले बालबालिकाको शिक्षा नरोकिने गरी अभिभावकत्व ग्रहण गर्ने घोषणा गरेका हुन्।

- तस्बिर: समाधान न्युज दैनिक
डिल्लीराज देवकोटाले आफ्नै संस्थागत विद्यालय कल्पवृक्ष इङ्ग्लिस बोर्डिङ स्कुल, भजनी मार्फत जैशीका दुई छोरालाई कक्षा १० सम्म पूर्ण रूपमा निशुल्क पढाउने जिम्मा लिएका छन्। उनले भर्नादेखि लिएर अध्ययन–सामग्री र शुल्कसमेत विद्यालयकै तर्फबाट व्यवस्था गर्ने प्रतिवद्धता जनाएका छन्।

त्यस्तै, अर्का विद्यालय सञ्चालक राज बुढाले जैशीकी छोरीलाई कक्षा ८ सम्म मल्टिपल मोन्टेस्वरी स्कुल, भजनी मा पूर्ण छात्रवृत्तिमा पढाउने घोषणा गरेका छन्। उनले छोरीको अध्ययनसम्बन्धी सबै खर्च विद्यालयले नै व्यहोर्ने जनाएका छन्।