भजनी नगरपालिका वडा नम्वर ४ र ९ मा बाल समृद्धि र एकीकृत विकासका लागी हातेमालो परियोजनाको वडा स्तरिय परियोजना परिचयात्मक कार्यक्रम भएको छ ।
कार्यक्रममा शिव आधारभूत विद्यालयका प्रधानाध्यापक खेममगरले सामुदायिक विद्यालयमा पुर्वधार राम्रो भए पनि शैक्षिक गुणस्तर दिन प्रति दिन खस्किदै गइरहेकोले गैरसरकारी संस्थाहरुले विगतकोे जस्तो यार्डले अभिभावक सचेतना गोस्ती र पढाइ शिविर लगायतका कार्यक्रमहरु आफ्नो विद्यालयमा सञ्चालन गरेर सहयोग गर्दिन अनुरोध गर्नुभयो ।
कार्यक्रममा वडा नम्वर ९ का वडाध्यक्ष सञ्जीव चौधरीले वल्डभिजनको साझेदारीमा गैरसरकारी संस्थाहरुले बालबालिकाको शैक्षिक गुणस्तर वुद्धिका कार्यक्रमहरु सरानीय रहेको बताउदै, समुदायमा बालबालिकाहरू अझै पनि हिंसाको सिकार बनिरहेकाले हिंसा न्यूनीकरणका क्षेत्रमा पनि काम गरिदिन आग्रह गर्नुभयो ।
कार्यक्रममा वडा नम्वर ४ का वडाध्यक्ष जनताराम चौधरीले यार्डले सञ्चालन गरेको पढाइ शिविर अभिभावक सचेतना कक्षा राम्रो भएकाले वडा स्तरमा मिलेर काम गर्ने बताउदै, बालबालिकाहरुको बालविवाह, लागुऔषाध, अत्महत्या दर बढी भएकाले सचेतन मुलक कार्यक्रम गरिदिन अनुरोध गर्नुभयो ।
विकासका लागि युवा ऐक्बद्धता यार्ड धनगढीका रतनलाल चौधरी, बालकल्याण सङ्घ टीकापुरका खडक चौधरी, सोनुराम चौधरी र बिन्दुले साउँदले परियोजनाले गरेका कामको बारेमा जानकारी गराउनुभएको थियो ।
परियोजना २०२६ देखि २०३० सम्म रणनीतिक रूपमा बालबालिकाको पोषण, शिक्षा र संरक्षणका क्षेत्रमा एकीकृत रुपमा काम गर्ने छ । भजनी नगरपालिका वडा नम्बर ४ र ९ को समन्वय, वल्डविजन इन्टरनेसनल नेपालको आर्थिक तथा प्राविधिक सहयोग र यार्ड धनगढी, बालकल्याण सङ्घ टीकापुर र दिगो विकास समाज भजनीको संयुक्त आयोजनामा भएको हो ।





