डडेल्धुराबाट काठमाडौँतर्फ जाँदै गरेको यात्रुबाहक बस दाङको लमही नगरपालिका-१ कौडियापुलमा दुर्घटना हुँदा २२ यात्रु घाइते भएका छन् ।
आज बिहान करिब ३ बजेतिर ना ८ ख ७४५५ नम्बरको बस पुलबाट खोलामा खसेर दुर्घटना भएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक रोशन राज पाण्डेयले बताए ।

घाइतेहरूकोे लमही अस्पतालमा उपचार भइरहेको छ । बसमा ३८ जना यात्रु सवार थिए । बाँकी यात्रीको अवस्था सामान्य छ । पट्टा भाँचिएर बस दुर्घटनामा परेको हुन सक्ने प्रहरीको प्रारम्भीक अनुमान छ ।




