यज्ञ राज जैसी,भजनी कैलाली
कैलाली जिल्ला फुटबल संघको आयोजनामा सञ्चालन हुने Badri–Kunta Memorial District Level U-16 Smart Generation Championship-2025 प्रतियोगिताका लागि भजनी नगरपालिकाको तर्फबाट सहभागी हुने U-16 उमेर समूहका खेलाडी छनोट कार्यक्रम सम्पन्न भएको छ। 

कैलाली जिल्ला फुटबल संघद्वारा आयोजित उक्त प्रतियोगिताका लागि भजनी नगरपालिका भित्रका U-16 खेलाडीहरूको छनोट भजनी रंगशाला तथा भजनी नगरपालिका वडा नं. ४ स्थित कुँडी खेलमैदानमा सम्पन्न गरिएको हो। छनोट प्रक्रियाबाट अन्तिम चरणमा पर्न सफल खेलाडीहरूको नामावली तय गरिएको छ। अन्तिम छनोटमा पर्न सफल सम्पूर्ण खेलाडीहरूको नामावली तथाअन्तिम छनोटमा पर्न सफल खेलाडीहरूको विवरण ।

साथै, अन्तिम छनोटमा पर्न सफल सम्पूर्ण खेलाडीहरूले ११ गते दिउँसो १ बजे आफ्नो नाबालक परिचयपत्र सहित भजनी क्लब, भजनीमा उपस्थित भई क्लबका सचिव केशव बुढा तथा प्रशिक्षक शिवराज चौधरीलाई उक्त परिचयपत्र बुझाइदिनुहुन अनुरोध गरिएको छ।
भजनी क्लब भजनीका अध्यक्ष दिनेश कुमालले उक्त जानकारी दिएका हुन्।




