कैलाली लम्कीचुहा,क्षितिज जैसी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) लम्किचुहामा आएका छन्। लम्की आगमनसँगै उनी सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाको भ्रमणमा निस्किने कार्यक्रम रहेको छ।
बालेन सुदूरपश्चिमका कैलाली, कञ्चनपुर, अछामलगायतका जिल्लामा पुग्ने बताइएको छ। यस भ्रमणमा उनका प्रमुख स्वकीय सचिव तथा अछाम क्षेत्र नं २ का प्रतिनिधि सभा उम्मेदवार भुपदेव शाह पनि सहभागी छन्। उनीहरू कैलाली क्षेत्र नं २ का उम्मेदवार तथा बालेनको कोर टिम सदस्य केपी खनालको क्षेत्रलगायत अन्य स्थानमा जाने उद्देश्यले यहाँ आएका हुन्।
लम्की आगमनका क्रममा बालेन्द्र शाहले राष्ट्रिय स्वतन्त्र पार्टी लम्किचुहा नगरको पार्टी कार्यालयमा पुगेर घण्टी बजाएका थिए। उक्त अवसरमा भुपदेव शाह पनि बालेनसँगै उपस्थित थिए।
यस भ्रमणलाई सुदूरपश्चिममा पार्टी संगठन सुदृढीकरण र स्थानीय नेताहरूसँग प्रत्यक्ष संवाद गर्ने अभियानको रूपमा हेरिएको छ।




