कैलालीको टीकापुरबाट स्रोत नखुलेको ६ लाख २३ हजार रुपैयाँ नगदसहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।

आइतबार साँझ टीकापुर नगरपालिका–९ खक्रौलाबाट भारतको लखिमपुर घर भएका ३० वर्षीय योगेश कुमारलाई स्र्रोत नखुलेको उक्त रकमसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय टीकापुर र प्रहरी चौकी कालाकुण्डाबाट खटिएको संयुक्त प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको युपी ३१ बिएफ।७१६१ नम्बरको भारतीय नम्बर प्लेटको मोटरसाइकल जाँच गर्ने क्रममा उनीबाट स्रोत खुलाउन नसकिएको ६ लाख २३ हजार रुपैयाँ बरामद गरेको जनाएको छ ।
शंकास्पद अवस्थामा ठूलो परिमाणको नगद फेला परेपछि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । पक्राउ परेका कुमारमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जानकारी दिएको छ ।




