यज्ञराज जैशी भजनी, कैलाली

भजनी नगरपालिका वडा नं. ३ र वडा नं. ५ लाई जोड्ने ठेकिपुर नजिकैको पक्की पुलको किनारमा माटो भासिएको खबर मिडियामा आएपछि वडा नं. ३ का वडाध्यक्ष बिक्रम चौधरीले तत्काल पहल गरी ४८ घण्टाभित्रै समस्या समाधान गरेका छन्। पुलको भासिएको भागमा ग्राभेल हालेर आवागमन सहज बनाइएको छ।
सामाजिक संजालमा समस्या सार्वजनिक भएपछि वडाध्यक्ष चौधरी स्वयम स्थलगत पुगेर जनगुनासोको शीघ्र सुनुवाइ गर्दै आवश्यक सामग्री परिचालन गरी समस्या समाधान गरेका हुन्।
भजनी जालपा मिडियका प्रबन्धक यज्ञराज जैशीले वडाध्यक्ष चौधरीको चाँडो निर्णय र कार्यान्वयन प्रती खुसी व्यक्त गरेका हुन । जनप्रतिनिधिको यस्तो सक्रियता सबै ठाउँमा देख्न पाउनु पर्छ।
ठेकिपुर नजिकैको यो पक्की पुल भजनी नगरपालिका भित्रकै महत्वपूर्ण भौतिक पूर्वाधार हो, जसले दैनिक हजारौं नागरिकलाई सुविधा पुर्याउँदै आएको छ।




